शान्ति र समानताको पर्व छठ

कार्तिक शुक्ल पक्षको चतुर्थीका दिनदेखि षष्टी तिथिसम्म सुर्यकी बहिनी षष्ठी देवीको नाममा पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख स्मृतिको कामना गरि मनाइने पर्व हो छठपर्व ।

यो पर्व कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई प्रतिबिम्बित गर्छ । कृषि उत्पादनका पहिचानलाई पुनरावृति गराउछ ।

गम्रिधान, सुथनी, अदुवा, उखु, नारिवल, सख्खर, कागति, गहुँ, केराका थामजस्ता बस्तुको प्रयोगले किसानको श्रम र कृषि पहिचानलाई जगेर्ना गरेको छ यो पर्वले ।

यसमा कृषि उत्पादनका सबै प्रक्रिया सुर्यको प्रकाशबाट संचालित भएकाले सुर्यलाई नै शक्तिको उपासनाको रुपमा पुजा गरिन्छ । जसले प्राकृतिक सम्पदाको संरक्षण गर्नु नै जीवनको सम्पन्नता हो भन्ने प्रतिबिम्बित गरेको छ ।
संसारमा प्राचिनकालदेखि नै सबै धर्मले सुर्यलाई प्रकाशको देउताको प्रतिकका रुपमा मानेको छ ।
सभ्यताको इतिहासमा मिश्रको सभ्यतामा प्रष्ट देखिन्छ । हरिलाई होरस, ईश्वरलाई इसीस, शिवलाई शैव्य, क्षत्रियलाई खेत, सरदलाई सर्दी जस्ता शब्दको प्रयोग भएको पाइन्छ भने मुर्तिमाथि टीका लगाउने चलन छ । सिन्धुघाटीको सभ्यताबाट हिन्दु शब्दको उत्पति भएको पहिलो सनातन धर्मको धर्मावलम्बीहरुले भाईचारा भएको प्रतिकले यसमा असिम प्रेम र साँस्कृतिक आदान प्रदानकै रुपलाई दर्साउछ ।

अहिले पूर्वीय साँस्कृतिमा भगवानको रुपमा सुर्यलाई र छठी माताको रुपमा कात्यायनीलाई गरिने पुजामा अस्ताउदो र उदाउदो सुर्यलाई अर्घ दिने बिधि आएको छ ।

ऋगबैदिक कालमा इन्द्रलाई बर्षाको देउता मानेको पाइन्छ । मिश्रको सभ्यतामा इजिप्टले नै शिव लिङ्गको पुजा सम्बन्धी संस्कृतिबाट नै पैगोडा शैलीका मन्दिर र पिरामिड बनाएको प्रतिक देखिन्छ । जसको प्रतिबिम्ब उत्तरी भुमध्य सागरको उत्तर पूर्वमा गाजापटट्ी, इजरायल र पूर्वमा लालसागर, पश्चिममा लिबिया र दक्षिणमा उडानसम्म प्रभावित भएर नै सभ्यताको पहिचान दिएको छ ।

प्राचिन मान्यता अनुसार गज्जपत, भुपद् र अघिपद् नामका तीन भाईहरुको अन्तरकलहमा गज्जपद् इजिप्ट छोडेर भारत वर्ष प्रवेश गरेको छ भन्ने सिन्धु नदीको बन्दरगाह अरब र भारतको सँस्कृतिको मिलन केन्द्रले इसलामी शासकहरुले पनि सुर्य र नील नदीको पुजालाई महत्व मान्दै अर्घ दिने चलनबाट सुर्य पुजा गर्ने चलन आएको देखिन्छ ।

स्मरण रहोस ३६५ दिन र १२ महिनाको क्यालेण्डर पनि मिश्रबाट नै आएको छ । इशा पूर्व ५ सय वर्ष सम्म मिश्रबासी १४ सय देवी देउताको पुजा गर्थे भन्ने मान्यता पाइन्छ ।

भारतमा आदिकालिन सुर्य बंशी भरत राजाहरुले छठ पर्वलाई प्रमुखता दिएर नै उत्तराखण्डमा उत्तरायण पर्व, केरलमा वणम, कर्णाटकमा रथ सप्तमी र बिहारमा छठपर्वलाई महापर्वको रुपमा मनाइन्छ । जहाँबाट सुर्य दक्षिणायन तर्फ जान्छ ।

युनाणको दर्शानिक प्लेटोको रिपब्लिक पुस्तकमा सुर्यलाई हेलियोस र युनानमा सोल भनेर पुजा गरियो भने जापानमा सुर्यलाई माताको रुपमा पुजा गरिन्छ । त्यहाँ वमेकानि भनिन्छ । अमेरिकामा तोन्तीको रुपमा एपोलो भनेर पुजिन्छ । सनातन धर्ममा अग्नी बताइन्छ र सुर्यलाई शिवका तीन नेत्र मध्ये एक मानिन्छ । चीन देशमा त बेइजींगमा १५ सय इंवीमा मिया राजबंशको जियाजिङ्ग सम्राटले बनाएका सुर्य मन्दिर अदोप्रान्त छदैछ ।

यसरी छठपर्वमा पुजिने सुर्य र जललाई आदि शक्तिकै रुपमा मानिआएको छ । अर्थबेदमा सुर्यको किरणले बैज्ञानिक पक्षमा खुट्टा, जोर्नी, तिघ्रा, मष्तक, कपाल, क्रोध र मुटु सम्बन्धी रोगको उपचार सुर्यको करणबाट गर्न सकिने उल्लेखबाट वर्तमानमा योग विद्यामा सुर्य नमस्कारको महत्व छ ।

वर्तमानमा छठपर्व समावेशी बन्दै गएको छ र गैर मिथिलाबासीले पनि यसको महत्व बुझेर पहाडबाट झरेका पहडिया, काठमाण्डौंका नेवारहरु पनि काठमाण्डौको थापाथली, बागमति, मनोहरा र रानीपोखरीमा छठपर्व मनाउन थालेका छन् । जसले समावेशी बन्दै गएको संकेत दिन्छ । त्यति मात्र होइन् कानूनले अव छुवछुत मुक्त गर्न थालेको छ भने छठपूर्वकाल देखि नै छुवाछुत मुक्त गरेर सद्भाव बढाएको छ ।

एकै जलासयमा छठको घाट बनाई छठ माताको पुजा गर्ने मात्र होइन् डोम जातिले बनाएको ढाकी, नाङ्गलो, बाँसका सामग्री र कुमाल जातिले बनाएको हात्तीको प्रयोगले सबै जाति मिलेर जलाशयको सरसफाई, घाट निर्माण तथा नाचगानले सामाजिक सद्भाव र जातिय समानता बढाएको छ ।
तर, बिडम्वना के छ भने छठ पर्वमा मौलिकता माथि नै चुनौति खडा गरेको छ । ढाकी र नाङ्गलो, माटोको भाँडाको सट्टा पितलका भाँडाकुडा तथा प्लाष्टिकका सामान, कृत्रिम फुल, साउण्ड सिस्टम जस्ता प्रयोग भएर परम्परालाई तोड्दै गएको छ भने खर्चिलो भएर गरिबलाई चिन्ता बढेको छ । हिनताबोध बढ्दै गएको छ र छठपर्व माथि नै पवित्र आस्था, विश्वास र निष्ठा डगमगाउन थालेको छ ।

लेखक सिरहाका बरिष्ठ पत्रकार हुन्।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *